शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण थप १० जनाको मृत्यु, नेपालभर १ हजार ५१३ जनामा सँक्रमण पुष्टि

कोरोनाका कारण थप १० जनाको मृत्यु, नेपालभर १ हजार ५१३ जनामा सँक्रमण पुष्टि

नागरिक पाटी

१३, आश्विन २०७७
  • 5.4K
    SHARES
  • कोरोनाका कारण थप १० जनाको मृत्यु, नेपालभर १ हजार ५१३ जनामा सँक्रमण पुष्टि

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ ।

    अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १६:४६:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology