काठमाण्डौ । नेपालमा गत २४ घण्टामा एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेको हो । १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ ।
अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।