काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । जुन हालसम्मकै सर्वाधिक संक्रमित हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार आज शुक्रबारसम्म ४ हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ७३९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ४८ हजार ६८६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ । आज काठमाडौंमा हालसम्मकै धेरै संक्रमित १२ ८० जना थपिएका छन् । त्यस्तै भक्तपुरमा १९६ जना, ललितपुरमा १६२, मोरङमा १५० जना गरी देशभरका विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएको छ ।
