धादिङ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । आज भक्तपुरकी ५१ र ६१ बर्षिया महिला, काठमाडौँकी ६७ बर्षिया महिला, सुर्खेतका ७५ बर्षिया महिला, मोरङका २७ बर्षिय पुरुष, ललितपुरका ३२, ७० बर्षिय पुरुष रहेका छन् ।
त्यस्तै मकवानपुरका ७८ बर्षिय पुरुष, रुपन्देहीका ६० बर्षिय पुरुष र बाँकेका ५२, ५९ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।