धादिङ । भोली शनिबार धादिङमा बिधुत सेवा बन्द हुने भएको छ । भोलि शनिबार बिहान ८ बजे देखि बेलुकी ५ः ३० बजे सम्म धादिङमा बिधुत सेवा बन्द हुने नेपाल बिधुत प्राधिकरण जिल्ला शाखा धादिङले जानकारी दिएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै देविघाट–धादिङ, तारुकाघाट–जहरे, धादिङ–सल्यान्टारको ३३ केभि लाईन नजिक रहेको रुखको हागाँविगाँ काट्ने कार्य हुने भएकोले धादिङ जिल्लाको जहरे सबस्टेशन, धादिङ सस्टेशन र सल्यान्टार सबस्टेशनबाट वितरण गरिएको बिधुत सेवा पूर्ण रुपमा बन्द हुने जनाएको छ ।