शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वास्थ्य मन्त्रालयद्धारा सकभर काठमाडौं नआउन नागरिकलाई अनुरोध

स्वास्थ्य मन्त्रालयद्धारा सकभर काठमाडौं नआउन नागरिकलाई अनुरोध

नागरिक पाटी

१८, आश्विन २०७७
  • 9.1K
    SHARES
  • स्वास्थ्य मन्त्रालयद्धारा सकभर काठमाडौं नआउन नागरिकलाई अनुरोध

    काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ। ‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।’

    images
    images


    प्रवक्ता डा. गौतमका अनुसार मुलुकभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्रै झन्डै आधा अर्थात् १ हजार १ जना छन्। यस्तै, उपत्यकाकै ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ।

    मुलुकभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ छ। कुल संक्रमितको सख्ंया भने ८४ हजार ५ सय ७० पुगेको छ। यीमध्ये ६२ हजार ७ सय ४० जना निको भएका छन्। शनिबार २ हजार ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुने दर ७४.१ प्रतिशत छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:१२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology