काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना सँक्रमणबाट नेपालभर थप ७ जनाको मृत्यु भएको छ भने २ हजार २५३ जना सँक्रमित भेटिएका छन् ।