शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा प्रतेक दिन हराउँछन् पाँच भन्दा बढि बालबालिका

नेपालमा प्रतेक दिन हराउँछन् पाँच भन्दा बढि बालबालिका

नागरिक पाटी

२२, आश्विन २०७७
  • 7.2K
    SHARES
  • नेपालमा प्रतेक दिन हराउँछन् पाँच भन्दा बढि बालबालिका

    काठमाडौँ । कोरोना संक्रमण तीव्र भइरहेका बेला पनि बालबालिका हराउने क्रम रोकिएको छैन । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार साउन र भदौमा ३ सय ३६ बालबालिका हराएका छन् ।

    images
    images


    निषेधाज्ञा जारी रहेको साउनमा मात्रै १ सय ८२ जना बालबालिका हराएका थिए । तीमध्ये ७४ लाई फेला पारेर परिवारको सम्पर्कमा पुर्‍याए पनि अरू १ सय ८ जनाको पत्तो लाग्न सकेको छैन ।

    भदौमा पनि देशभर १ सय २३ बालिकासहित १ सय ५४ जना बालबालिका हराए । जसमध्ये ४८ फेला परे पनि अरू भेटिएनन् । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार यी दुई महिनामा सबैभन्दा धेरै बालबालिका प्रदेश २ बाट हराएका छन् । साउनमा ५२ र भदौमा ४४ जना हराए । तीमध्ये साउनमा १६ र भदौमा १० जनामात्रै फेला परे । परिषद्ले सार्वजनिक गरेको विवरणमा साउनमा हराएकामध्ये कति बालिका छन् भन्ने विवरण नभए पनि भदौमा हराएका १ सय ५४ मध्ये ७८ प्रतिशतभन्दा धेरै अर्थात् १ सय २१ बालिका छन् ।

    साउनमा गण्डकी प्रदेशबाट ३४ र भदौमा १९ बालबालिका हराएको देखिन्छ । त्यस्तै साउनमा प्रदेश १ बाट ७ र भदौमा ३५ बालबालिका हराएका छन् । वाग्मती प्रदेशबाट साउनमा २६ जना र भदौमा १३ बालबालिका हराए । साउनमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २४र२४ गरेर ४८ जना हराएका छन् भने कर्णालीमा भदौमा १५ र सुदूरपश्चिममा २० जना हराए । कोरोना संक्रमण बढिरहँदा बालबालिकाहरू हिंसा र दुर्व्यवहारको जोखिममा पनि परिरहेका छन् । भदौमा जोखिम, हिंसा र दुर्व्यवहारमा परेका ६१ बालिकासहित १ सय १० बालबालिकालाई उद्धार गरिएको छ । साउनमा भने २७ बालबालिकाको मात्रै उद्धार भएको थियो । कान्तिपुर दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ०९:२०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology