धादिङ । देशभर पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनामा पीसीआर गर्दा उक्त संख्यामा संक्रमित पहिचान भएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या कुल ९८ हजार ६१७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २६७५ जना निको भएर घर फर्केका छन्। योसँगै देशभर २६ हजार ६८४ सक्रिय संक्रमित पुगेका छन्। देशभरका ७१ हजार ३४३ संक्रमित जना निको भएका छन्।
बुधवार ३४३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। कोभिड-१९ संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोभिड-१९ संक्रमणका कारण मृत्यु भएकाको संख्या ५९० जना पुगेको छ।