धादिङ । कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको हो ।यससँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।