धादिङ । धादिङका थप ७१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ३४ जना महिला र ३७ जना पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको हो ।
देशभर पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १८ हजार ४७३ जनामा पीसीआर गर्दा उक्त संख्यामा संक्रमित पहिचान भएको हो।
यस्तै कोभिड-१९ संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोभिड-१९ संक्रमणका कारण मृत्यु भएकाको संख्या ५९० जना पुगेको छ।