शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस काठमाण्डौ उपत्यकामा भयावह बन्दै

कोरोना भाइरस काठमाण्डौ उपत्यकामा भयावह बन्दै

नागरिक पाटी

२३, आश्विन २०७७
  • 6.2K
    SHARES
  • कोरोना भाइरस काठमाण्डौ उपत्यकामा भयावह बन्दै

    धादिङ । नेपालमा बिहीबार कोरोना भाइरसबाट ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये आधाभन्दा बेसी २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन्। पछिल्लो १० दिनमा कोरोना संक्रमण झन्डै तेब्बरले बढेको हो। जब कि यही असोज १३ गते ९ सय ३४ जना संक्रमित भएका थिए। यसले झन्डै ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह उन्मुख देखाउँछ।

    images
    images


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहीबार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना संक्रमित थपिएको जानकारी दिए। यही दरमा संक्रमण बढे उपत्यकाका अस्पतालमा शय्या र भेन्टिलेटर अभाव हुने देखिएको छ। प्रवक्ता डा। गौतमका अनुसार उपत्यकाका अस्पतालमा आईसीयू शय्या १ सय ८१ उपलब्ध रहेकामा ४५।३ प्रतिशत भरिएको छ। आईसीयूका ८२ वटा शय्यामा संक्रमितको उपचार भइरहेको छ।

    गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरको पनि अभाव हुने सम्भावना बढेको छ। ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकामा २७ वटा संक्रमितको उपचारमा प्रयोग भएको मन्त्रालयले जनाएको छ।

    प्रवक्ता डा.गौतमका अनुसार कोभिड अस्पताललाई पूर्ण तयारी अवस्थामा राखिएको छ। आकस्मिक उपचारका लागि चौबीसै घण्टा सेवा खुला गरिएको छ। यद्यपि, जटिल अवस्था नहुँदासम्म घरमै बस्न मन्त्रालयले आग्रह गरेको छ। ‘लक्षणविहीन वा सामान्य लक्षण भएका संक्रमितलाई तोकिएको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न अनुरोध गर्दछु’, उनले भने। अन्नपूर्ण पोष्टमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - ०८:२०:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology