शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पृष्टि

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पृष्टि

नागरिक पाटी

२४, आश्विन २०७७
  • 6.9K
    SHARES
  • दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पृष्टि

    धार्के । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ ।

    images
    images

    असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा संक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर ‘क्वारेन्टिन’मा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिनुभयो ।

    अध्यक्ष तामाङकाअनुसार कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाका कार्यालय सहयोगी, दुईजना एम्बुलेन्सचालक र पाँचजना शिक्षक रहेका छन् ।

    गएको बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमुनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

    संक्रमणपश्चात् गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ ।रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १५:५०:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology