शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज थपिएका ५ हजार ८ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

आज थपिएका ५ हजार ८ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

नागरिक पाटी

२४, आश्विन २०७७
  • 6.4K
    SHARES
  • आज थपिएका ५ हजार ८ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । मन्त्रालयका सोही अवधिमा एक हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ । ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

    images
    images


    कुन जिल्लामा कति संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा प्रदेश–१ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ११, भोजपुरमा ३, मोरङमा ३ सय ६९, संखुवासभामा ९ र सुनसरीमा ३ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    प्रदेश–२ को धनुषामा ११, पर्सामा ३६, बारामा १०, महोत्तरीमा ११, रौतहटमा १७, सप्तरीमा ६, सर्लाहीमा १९ र सिरहामा १८ जनामा कोरोना पाइएको छ ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३५, चितवनमा १ सय ४७, दोलखामा ८, धादिङमा ३८, नुवाकोटमा ४०, भक्तपुरमा २०३, मकवानपुरमा ५४, रसुवामा ३, रामेछापमा ५, ललितपुरमा ३६९, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४८ जनामा कोरोना पुष्टि भएको छ ।

    गण्डकी प्रदेशको कास्कीमा ५१, गोरखामा २५, तनहुँमा ५५, नवलपरासी पूर्वमा ३६, पर्वतमा ३, म्याग्दीमा ७, लमजुङमा २, बागलुङमा १२ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ ।

    प्रदेश–५ ९लुम्बिनी० को अर्घाखाँचीका १५, कपिलवस्तुका १०, गुल्मीका ७, दाङका ९३, नवलपरासीका ३१, पाल्पाका ३७, प्युठानका ४२, बर्दियाका ६, बाँकेका ४५, रुकुम पूर्वका २, रोल्पाका ५ र रुपन्देहीका २१५ जना छन् ।

    कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा १०, रुकुम पश्चिममा ११, सल्यानमा १२ र सुर्खेतमा १ सय ३४ जनाका कोरोना भेटिएको छ ।

    सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा १८, कैलालीमा ३५, डोटीमा ३, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १७:१८:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology