शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा असोज महिना मात्रै ६ वटा गैंडा मृत फेला

चितवनमा असोज महिना मात्रै ६ वटा गैंडा मृत फेला

नागरिक पाटी

२७, आश्विन २०७७
  • 6.5K
    SHARES
  • चितवनमा असोज महिना मात्रै ६ वटा गैंडा मृत फेला

    चितवन । चितवन निकुञ्जमा फेरि पनि दुर्लभ एकसिंगै गैंडा मृत भेटिएको छ । निकुञ्जको पश्चिम क्षेत्रमा सोमबार दिउँसो एउटा भाले गैंडा मृत भेटिएको हो । उक्त गैंडा लगभग एक महिनाअघि नै मरेको हुन सक्ने निकुञ्ज कार्यालयका अधिकारीहरूले बताएका छन् ।

    images
    images

    निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपुरको विनयी–त्रिवेणी गाउँपालिकाको भेलौंजी कठौंनामा अन्दाजी ३०र३५ वर्षको गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैंडा कुहिएको अवस्थामा भेटिएको थियो । ‘अर्को भालेसँग जुधेर करिब एक महिनाअगाडि गैंडा मरेको हुन सक्छ,’ रामले भने, ‘खाग–खुर सुरक्षित रहेका कारण दुर्घटनावश नै मरेको हुनुपर्छ ।’

    यससँगै साउनयता निकुञ्जमा नौ गैंडा मरिसकेका छन् । असोजमा मात्रै ६ वटा गैंडा मृत फेला परेका छन् । चितवन निकुञ्जमा आर्थिक वर्ष ०७५र७६ मा निकुञ्ज इतिहासकै सर्वाधिक ४३ वटा गैंडा मरेका थिए । अहिले पनि त्यसै गरी मर्न थालेपछि संरक्षणकर्मी चिन्तित छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०८:१९:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology