धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले बताउनुभयो ।
हिजो सोमबार ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ५ सय ३ जना डिस्चार्ज भएसँगै ७८ हजार ७ सय ८० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
देशभर २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर ३५ हजार ९ सय १५ सक्रिय संक्रमित रहेका छन भने ४ हजार ७ सय ९५ जना क्वारेन्टाईनमा रहेका छन् ।