हेटौंडा । मकवानपुरमा हालसम्मकै बढी १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय ९६ जनाको पिसिआर जाँच गर्दा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १ सय १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १४ बागमती गाउँपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।