शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

नागरिक पाटी

१०, कार्तिक २०७७
  • 4.1K
    SHARES
  • थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका एक हजार ७४१ जना संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालामा ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६४ जना पुरुष र ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    काठमाडौं उपत्यकामा मात्रै सोमबार ८९४ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ। जसमध्ये हालसम्म एक लाख १५ हजार ६७५ जना संक्रमणमुक्त भइसकेका छन्। सोमबार मात्र ‍‍‍४ हजार ५ जना संक्रमणमुक्त भएका छन्। 

    मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १८ हजार ३७४ जना सक्रिय संक्रमित छन्।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८६२ पुगेको छ। 

    सक्रिय संक्रमित ४३ हजार २९३ मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३२ हजार ६०७ छ। मन्त्रालयको सोमबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार २८५ जना संक्रमितको आईसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - २०:५४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology