धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको धुनिबेशी नगरपालिका वडा नं ७ का ६२ बर्षिय पुरुष, ५९ बर्षिया महिला,२ बर्षिया बलिका र गजुरी गाउँपालिकाका ६३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ५ पुगेको छ ।