शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना उपचारका लागि ५० हजारसम्म धरौटी ?

कोरोना उपचारका लागि ५० हजारसम्म धरौटी ?

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 7.2K
    SHARES
  • कोरोना उपचारका लागि ५० हजारसम्म धरौटी ?

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी राख्नुपर्ने भएको छ। सरकारले गरेको निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले सूचना जारी गरेको छ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रको कात्तिक ३ गतेको पत्रअनुसार अस्पतालमा धरौटी राखेर मात्रै उपचार गर्ने व्यवस्था गरिएको अस्पतालको सूचनामा उल्लेख छ।

    अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च र ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने बताएको छ।

    त्यस्तै आईसीयूबाहेक भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीलाई दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ भने ३० हजार धरौटी राख्नुपर्नेछ।

    क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३ हजार ५०० उपचार खर्च तिर्नुपर्नेछ। उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अस्पतालले जनाएको छ।

    निश्चित वर्गमा सरकारले तोकेअनुसार परिचयपत्र वा सम्बन्धित पालिकाले दिएको गरिब, अति अपांग, अशक्त, एकल महिला र ७० वर्ष नाघेको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १२:३६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology