धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिकाका ३ जना, धुनीबेशी नगरपालिकाका ३ जना र गजुरी गाउँपालिकाका २ जना गरी ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय १५ पुगेको छ ।