महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकामा खाद्यअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सहास नेपाल र सिड्स नेपालको संयुक्त आयोजना साथै फियान नेपालको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
थाक्रे गाउँपालिका अन्तर्गत रहेका सानाकिसान सहकारीहरु,कृषि र महिला सहकारीहरु,कृषि समूहका प्रतिनिधि,बिभिन्न संघसंस्थाहरु , दलित ,जनजाती प्रतिनिधी ,उद्योग बाणिज्य संघको प्रतिनिधी ,युवा साथै महिला संजालका प्रतिनिधिहरु र नागरिक अगुवाहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मुख्य गरेर खाद्यअधिकार के हो , खाद्यसुरक्षा , खाद्यअधिकारमा राज्यका निति नियम,यसमा नागरिकका भुमिका साथै कसरी आफ्ना अधिकार सुनिश्चित गराउन सकिन्छ साथै एकिकृत भई स्थानिय स्तरका सवालहरु पहिचान गरेर समस्या समाधान गर्न सकिन्छ भन्ने बिषयमा महसुस गराइएको थियो । नागरिकहरुले आफ्ना अधिकारका साथै पुरा गर्नुपर्ने कर्तब्यलाई पनि संगै पुरा गर्ने कुरा र यस्ता कार्यले राज्यलाई पनि नागरिकको तर्फ बाट सहयोग गर्न सकिने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा फियान नेपालका राजेन्द्र बस्नेतले सहजिकरण गर्नुभएको थियो । जिल्लामा खाद्यअधिकार संजालले गरिरहेका गतिबिधि र फियान नेपालले चलाईरहेका अभियानका बारेमा जिल्ला खाद्यअधिकार संजालका संयोजक , फियान नेपालका केन्द्रिय सचिव एबं सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी गराउनुभएको थियो । सहास नेपालले गाउँपालिकामा बिभिन्न समूहहरु संग खाद्यसुरक्षा र जिबिकोपार्जन सुधारका कार्यक्रमहरु गरिरहेको छ । समुदायलाई बिभिन्न क्षमताबिकाशका गतिबिधि संचालन गरिरहेको र त्यसै अन्तर्गत पनि यस्ता अभिमुखीकरण कार्य गरिएको बारेमा सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले जानकारी गराउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रम सम्पन्न भए पश्चात ,सहभागीहरु बाट गाउँपालिका स्तरिय खाद्यअधिकार संजाल गठन भएको छ । आगामी बैठक बसी संजालको संयोजक र सचिवालय गठन गर्ने पनि निर्णय गरिएको छ ।