शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा मनोपरामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

थाक्रेमा मनोपरामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

नागरिक पाटी

२४, कार्तिक २०७७
  • 9.9K
    SHARES
  • थाक्रेमा  मनोपरामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    महादेवबेशी । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेशीमा मनोपरामर्श तालिम तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । महिला अधिकार रक्षक संजाल महिला समुहको पदाधिकारीहरुको लागि शुक्रबारदेखी सुरु भएको मनोपरामर्श तालिम तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न भएको हो ।

    images
    images

     

    चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपालको आयोजना र युएमएन धादिङको सहयोगमा आयोजित तालिममा २६ जनाको सहभागिता रहेको थियो । तीन दिन सम्म संचालन भएको तालिममा शिनियर मनोपरामर्शकर्ता रामकुमार थापा र सिड्स नेपालका कार्यसमितिका सदस्य गंगा सुवेदिले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

     

    तालिममा मनोसामाजिक कर्ता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो । यसको कारण लक्षण र समाधानका उपायहरु, कडा खालको मानसिक समस्या भनेको के हो र परामर्श भनेको के हो र परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् साथै तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १०:४८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology