धादिङ । मुलुकमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मुलुकमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १,९७,०२४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। साथै ९६७ जना संक्रमित क्वारेन्टिनमा रहेका छन्।
त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ। मन्त्रालयका अनुसार आज १११७७ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलकमा १५५१२५४ जनाको कोरोना परीक्षण भएको छ।