खनिखोला, धादिङ । धादिङको धुनिबेशी नगरपालिकामा ईटा उद्योगहरुको स्वास्थ्य सुरक्षा मापदण्ड बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको बेटर ब्रिक नेपाल परियोजना कार्यक्रम र यसबाट सञ्चालन भएका गतिबिधीहरुका बारेमा जानकारी गराईएको हो । ईटा उद्योगले उद्योग सञ्चालनका क्रममा पालना गर्नुपर्ने न्यनतम मापदण्डका बारेमा पनि छलफल गरिएको थियो ।
बाल तथा बाध्यकारी श्रमको अन्त्य गर्दै समग्र ईटा उद्योगको रुपान्तरणका लागी बेटर ब्रिक नेपाल बिबिएन ले धुनिबेशीका बिभिन्न ईटा उद्योगहरुमा बाल श्रमका बिषयमा कार्यक्रम सञ्चालन गरिरहेको छ । यसको उदेश्य भनेको कार्यक्रममा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुलाई उद्योगीहरुले काममा लगाउन नपाईने, प्रभावकारी रुपमा बाल श्रम अन्त्यको लागी काम गर्नुपर्ने लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै धुनिबेशी नगरपालिकाका उपप्रमुख निरु खरेरले उद्योगीहरुले उद्योग सञ्चालन गर्दा सुरक्षाका मापदण्ड पुराएर श्रमिकहरुलाई काममा लाउँन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्नु हुदै नगरपालिकाका नगरप्रमुख बाल कृष्ण आचार्यले उद्योगी व्यवसाहीले कामदार ल्याएर डाटा नराख्दा कोभिड १९ का कारण लकडाउन भएको बेलामा नगरपालिका लाई समस्या भए बताउँनु भयो । उहाँले अब उद्योगीहरुले काम गर्ने कामदारको डाटा राख्न समेत व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।