काठमाडौँ। पछिल्लो २४ घण्टामा ५,६९९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,९९,०२४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,६६९ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २१,२८४ जनामा सक्रिय सङ्क्रमण छ। आज ८,०३२ जनामा पिसिआर परिक्षण गरिएसँगै नेपालमा अहिले सम्म कुल १६,६०,०७५ जनाको पिसिआर परिक्षण भएको छ।
हालसम्म सङ्क्रमणमुक्त भएकाहरू झण्डै दुई लाख पुगेका छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ९० दशमलव ३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।