धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेशी नगरपालिका र गंगाजमुना गाउँपालिकाका ४/४ जना, गजुरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनु भयो ।
यस्तै गल्छी, बेनिघाट रोराङ, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, सिद्धलेक, खनियाँबास र रुवीभ्याली गाउँपालिकाका १/१ जना गरी थप २२ जनामा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यस सँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ४४ पुगेको छ । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय १३ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।