शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस महामारीपछि मानव अधिकारको अवस्था दयनिय

कोरोना भाइरस महामारीपछि मानव अधिकारको अवस्था दयनिय

नागरिक पाटी

९, मंसिर २०७७
  • 10.0K
    SHARES
  • कोरोना भाइरस महामारीपछि मानव अधिकारको अवस्था दयनिय

    सीताराम अधिकारी
    धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा धादिङबेसीमा आज जिल्लामा मानवअधिकार र नागरिक समाजको भूमिका विषयमा छलफल गरिएको छ । कोरोना भाइरस महामारीको समयमा जिल्लाको समग्र मानवअधिकारबको अवस्था दयनिय भएको र मानव अधिकार पैरवी गर्ने नागरिक समाजले समेत एकिकृत रुपमा आवाज उठाउन नसकेकोले मानव अधिकार संरक्षणमा सरकारलाई दवाव दिनु पर्नेमा जोड दिइएको छ ।

    images
    images

    बन्दाबन्दीको अवस्थामा मानवअधिकारको अवस्था कमजोर भएको र नागरिकले आधारभूत अधिकारहरु समेत उपभोग गर्न समस्या परेको मानव अधिकारकर्मीहरुले बताउनु भएको छ । मानव अधिकारकर्मी अधिवक्ता राधिका सापकोटाले बन्दाबन्दीको अवस्थामा घरबाट बाहिर निस्केर घरेलु हिंसा र महिलामाथी हुने अधिकारहनन्का घटनामा छिटो न्याय निरुपण नहुँदा महिलाहरु थप पिडामा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी गायत्री खतिवडाले नागरिक समाजले एकिकृत आवाज नउठाउँदा आम नागरिकका सवालमा पैरबी नभएको बताउनुभएको छ ।

    नागरिक समाजले हालको परिवेशमा सवालहरु उठाएर स्थानीय सरकारसम्म पुर्याउन र उनिहरुको अधिकारका लागि लाग्न नसकेकोलेले एकिकृत हुन सबैलाई मानवअधिकारकर्मीहरुले आग्रह गर्नुभएको छ । मानवअधिकारका मुख्य पक्ष आर्थिक सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी विषयमा नागरिक समाजले एक मतका साथ मानवअधिकारकर्मीहरुले पैरवी गर्नुपर्नेमा इनसेकका निर्देशक श्रीराम बजगायँले बताउनुभएको छ ।

    इन्सेकले हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानवअधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरवी गर्दै आएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - २१:३१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology