शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय ७६ पुग्यो

धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय ७६ पुग्यो

नागरिक पाटी

१०, मंसिर २०७७
  • 5.5K
    SHARES
  • धादिङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ सय ७६ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ का ३८ र ५९ बर्षिय पुरुष,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ३७ बर्षिय पुरुष, वडा नं ६ का ३० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।

    images
    images

    यस्तै ज्वालामुखी गाउँपालिका वडा नं ५ का ३० बर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं २ का ५२ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ७६ पुगेको छ ।
    । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १२ सय २२ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो। यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३१ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १८:५३:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology