शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङद्धारा थाक्रेमा खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना

सिड्स नेपाल धादिङद्धारा थाक्रेमा खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना

शिवराज आचार्य

११, मंसिर २०७७
  • 9.0K
    SHARES
  • सिड्स नेपाल धादिङद्धारा थाक्रेमा खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना

    महादेबबेशी । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ को बालुवा फाँटमा रहेको युवा सिकाई केन्द्रको प्राङ्गणमा खुल्ला युवा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ । सिड्स नेपाल धादिङको आयोजनामा लैंगिक हिंसाको १६ दिने अभियानको दोस्रो दिन बिहिबार युवा प्रतिभा खोजी कार्यक्रम अन्तर्गत खुल्ला हाजिरी जवाफ प्रतियागीेता आयोजना गरिएको थाक्रे युवा परिषद्का संयोजक मदुसुदन रुपाखेतीले जानकारी दिनुभयो ।
    हाजिरी जवाफ प्रतियोगितामा थाक्रे गाउँपालिका भित्रका १० ओटा वडाका १० टिमको सहभागीता रहेको थियो । हाजिरी जवाफ कार्यक्रममा विज्ञान, सामान्य ज्ञान युवा, इतिहास र स्थानिय लगायतका प्रश्नहरु सोधिएको थियो । प्रतियोगीता सय वटा प्रश्न दुई वटा राउन्डमा राखिएको थियो ।

    images
    images

    प्रतियोगितामा थाक्रे ९ को गणेश भिमसेन सरस्वती युवा क्लब प्रथम, थाक्रे ७ को कालिका युवा क्लब द्धितिय, थाक्रे ६ को जागृती युवा क्लब तृतिय र प्रतिभा युवा क्लब सान्त्वना भएका छन । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेहरु लाई क्रमश नगद १ हजार ८ सय, १ हजार ५ सय, १ हजार २ सय र ९ सय रुपैँया सहित प्रमाणपत्र वितरण गरिएको थाक्रे युवा परिषद्का संयोजक रुपाखेतीले जानकारी दिनुभयो ।

    हाजिरी जवाफ प्रतियोगितामा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रवि प्रकाश ओझा, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकण रुपाखेती, महिला मानव अधिकार रक्षक सञ्जाल थाक्रेका अध्यक्ष यसोदा विँडारी, थाक्रे युवा परिषदका सदस्यहरु, यवा क्लबका प्रतिनिधिहरु र बाल क्लबका प्रतिनिधिहरु लगायतको सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:५२:३८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology