महादेबबेशी । धादिङको थाक्रे गाउँपालिकाको प्रशासकीय भवन बिहिबार एक कार्यक्रमका विच शिलान्यस गरिएको छ । राष्ट्रि«य योजना आयोगका वरिष्ठ उपाध्यक्ष डा.पुष्प कँडेल सहित गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती लगायतले सँयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको हो ।
थाक्रे गाउँपालिका वडा नं. ६ स्थित सार्वजनिक जग्गामा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासकीय भवनको लागि गाउँपालिका बाट रु ५ करोड र नेपाल सरकारको बिशेष अनुदान बाट रु ३ करोड ९१ लाख विनियोजन भई गत आर्थिक वर्षमा Changmila-Kaushil Basnet JV,Kathmandu ले सबैभन्दा कम रकम रु ५ करोड ६८ लाख ५४ हजार ८७ रुपैयाँ सात पैसामा ठेक्का लिएको हो ।

ठेकेदार कम्पनीले १८ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्भौता भएकोमा कोभिड १९ को कारण भएको लकडाउन र त्यसकोे प्रभावको कारणले निर्माण प्रक्रियामा समस्या आउदा भवन निर्माण सुरु गर्न ढिलाई भएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनु भयो ।
हाल कोभिडको प्रभाव अझै रहेता पनि पहिलेको तुलनामा केही हदसम्म कम भएकोले निर्माण प्रक्रियालाई द्रुत गतिमा लानुपर्छ भन्ने सोचका साथ भवनको शिलान्यास गरिएको अध्यक्ष आचार्यको भनाई छ । भवन निर्माण कार्यको नियमित अनुगमन तथा निरिक्षण गर्न (डि आर एम सि) कन्सल्टेन्सी संग समेत सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।