धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज शुक्रबार धादिङको गल्छी गाउँपालिका वडा नं ४ का २६ र २७ बर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं १ का ४९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ८३ पुगेको छ।