शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता

चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता

नागरिक पाटी

१४, मंसिर २०७७
  • 7.0K
    SHARES
  • चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता

    काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी चीन फर्किएका हुन् । २१ सदस्यि डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । स्वदेश फर्किदा पनि गृहमन्त्री थापाले नै विदाइ गरेका थिए ।

    images
    images


    चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

    कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न वेई फेंग्हे सहमत भएका छन् । जंगी अड्डामा आयोजित छलफलमा नेपाली सेनाका लागि पूर्वघोषित दुई अर्ब ४० करोड नेपाली रुपैयाँ चाँडै उपलब्ध गराउन फेंग्हेले प्रतिवद्धता जनाएका छन् ।रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:३१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology