धादिङ । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १४सय ७४ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । आज १९ सय ३१ जना संक्रमित निको भएका छन् । यो सख्यासहित निको हुनेको संख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेको छ । अहिले संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ ।