धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का ६४ बर्षिय पुरुष, वडा नं १३ का ३२ बर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ की २१ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ८ पुगेको छ ।