महादेवबेशी । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङ द्धारा सञ्चालित जोखिममा रहेका बालबालिकालाई सुरक्षा (SVC) परियोजना थाक्रे गाउँपालिका अन्र्तगत वडा नं. २,४,५,६ र ११ मा कार्यक्रम सञ्चालन भईरहेको छ । उक्त परियोजनाले बालअधिकार, बालसंरक्षणका लागि काम गर्ने गर्दछ । समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वा अधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु गठन गर्ने , समुदायमा बालक्लबहरु गठन गर्ने, विद्यालयहरुमा बालक्लब गठन गर्ने साथै वडा स्तर र गाउँपालिका स्तरको बालक्लबहरुको बालक्लब संजाल विस्तार गर्ने र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बालदुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण साथै बालबालिकाको शिक्षा लाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु १ जनावरी, २०१९ देखि युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालन भईरहेको छ ।
परियोजनाले बालबालिकाको जोखिम लाई न्युनिकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । यस्तै विभिन्न क्रियाकलाप मध्ये विचमा कक्षा छोडेका सीपका माध्यम बाट आफ्नो जीवन लाई सहजता संग जीउन र ब्यवसायको माध्यम बाट आत्मनिर्भरता बन्न लैङ्गििक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदाँ १५ जना महिलाहरु लाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ ।
थाक्रे गाउँपालिका वडा नं. ४ र ५ का विद्यालय उमेरमा विचमा कक्षा छोडेका २२ जना लाई आधारभुत र अपग्रेड तालिम सञ्चालन गरिएको थियो । २२ जना मध्ये निरन्तर सिकाईमा सहभागिता रहेको र सीप सिके पछि ब्यवसाय सञ्चालन गर्ने १५ जना लाई थाक्रे गाउँपालिका वडा नंं। ४ रातमाटे स्थित लितीमहाँकाल माध्यमिक विद्यालयबाट हस्तान्तरण गरिएको छ । सिकाई पश्चात सीपको सदुपयोग गरि ब्यवसायिक रुपमा सञ्चालन गर्न केहि कठिनाई भए, संस्थाले सक्ने सहयोग गर्ने जोखिममा रहेका बालबालिकाको सुरक्षा (SVC) परियोजनाको परियोजना संयोजक दिल वहादुर रम्तेलले जानकारी गराउनुभएको छ ।