शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भ्रष्‍टाचारलाई सामाजिक रूपमा नै निन्दा गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई

भ्रष्‍टाचारलाई सामाजिक रूपमा नै निन्दा गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई

नागरिक पाटी

२४, मंसिर २०७७
  • 7.6K
    SHARES
  • भ्रष्‍टाचारलाई सामाजिक रूपमा नै निन्दा गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको बताएका छन्।

    images
    images

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्न अपिल गरेका छन्।


    ओलीले भनेका छन्, ुमैले प्रधानमन्त्री भएदेखि नै ुम भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्नु भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो।ु

    प्रधानमन्त्री ओलीले भ्रष्टाचार आर्थिक अपराध मात्र नभई यसले सामाजिक मूल्य मान्यताहरू उपर सिधा प्रहार गर्ने र प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन्। भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज र सञ्चार जगतबाट गरिने खबरदारीलाई सरकारले सदैव स्वागत गर्ने प्रधानमन्त्रीले बताएका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - ०८:३६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology