शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४८३ जना कोरोनामुक्त

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४८३ जना कोरोनामुक्त

नागरिक पाटी

२४, मंसिर २०७७
  • 7.5K
    SHARES
  • नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४८३ जना कोरोनामुक्त

    काठमाण्डौँ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

    images
    images


    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २८६ पीसीआर परीक्षण भएका छन् ।


    देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १६:४४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology