धादिङ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ प्रतिशत भन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बुधबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको दर ९.।४ प्रतिशत पुगेको जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा ७३६ जना संक्रमित थपिँदा ८४७ जना निको भएको प्रवक्ता गौतमले जनाकारी दिएका छन। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको भने २ लाख ३९ हजार ४१६ जना संक्रमित निको भएका छन्।