धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोराना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमितहरु थाक्रे गाउँपालिका वडा नं ६ का ३० बर्षिय पुरुष र खनियाबास गाउँपालिका ५ की ६१ बर्षिया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या भने १ हजार ५ सय पुगेको छ ।