शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजबाट उपत्यकामा जारी जोर बिजोर प्रणाली हट्यो

आजबाट उपत्यकामा जारी जोर बिजोर प्रणाली हट्यो

नागरिक पाटी

३, पौष २०७७
  • 6.8K
    SHARES
  • आजबाट उपत्यकामा जारी जोर बिजोर प्रणाली हट्यो

    धादिङ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको जोरबिजोर प्रणाली हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उपत्यकामा चल्ने सबै खाले सवारी साधनहरूको जोरबिजोर प्रणाली हटाएको जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७७/०६/०१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभरी सवारी साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
    पछिल्लो समय विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरूले जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको साथै यात्रुको चाप झन् बढेको भन्ने गुनासो आउन थाले पछि जोर बिजोर प्रणाली हटाइएको प्रशासनले जनाएको छ । साथै कोभिड संक्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पालना गर्ने गरी सवारी सञ्चालन गर्न आग्रह समेत गरेको छ । मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - १०:३९:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology