बालकृष्ण आचार्य
सुरुमा त सँसद विघटन बेठिक हो । किनभने यो देशमा लामो समय देखि तपाई हामी सामाजिक अभियन्ताको रुपमा हिँड्यौँ । निश्चित समय अवधी सम्म कुनै पनि सरकार चलेनन् । बहुमतको सरकार चाहिन्छ । दुई तिहाईको सरकार चाहिन्छ भनेर हामीले नारा लगायौँ । तपाई हामी सबैको यो कुरालाई जनताले विश्वास गर्नुभयो र त्यो विश्वासको आधारमा यो दुई तिहाई सरकार बनेको थियो । यतिबेला तिनवर्षमै मध्यावधी चुनावमा जानु भनेको यो देशको लागि दुर्भाग्य हो । तपाई हामी सबैका लागि दुर्भाग्य हो ।
अर्को कुरा सँसद विघटनका कारण स्थानिय विकास निर्माण कस्तो प्रभाव पर्छ भन्ने कुरा छ, यसमा एकदमै प्रभाव पर्छ । हामी निर्वाचित भएको साँढे ३ वर्ष भयो । यहि सँघिय निर्वाचन, प्रदेशको निर्वाचनको कारणले हामीले खासै काम गर्नै पाएनौँ । हाम्रा जनप्रतिनिधीहरु उहाँहरुको निर्वाचन अभियानमा हिँड्नुपर्ने, कर्मचारी व्यवस्थापन नभएको र कानुन निर्माण नभएका कारण हामी पाखामा बस्नुपर्ने कारणले चाहेर पनि काम गर्न सकेनौँ ।
अर्को एक वर्ष उहाँहरुले अलिअलि कानुन दिनुहुन्छ भन्ने आशामा त्यहि मस्यौदा कानुन हेरेर त्यसलाई परिमार्जन गर्दै, बनाउँदै आफ्नो नगरपालिका, गाउँपालिकाका व्यवस्थापन गर्ने कुरामा लाग्यौँ ।
अब त्यसपछि कोराना महामारी फैलियो, यसले हामीलाई काम गर्न समस्या भयो । अब एउटा बजेट र अहिलेको चालु बजेटबाट बाँकी डेढ वर्षमा स्फुर्त रुपमा राम्रो सँग काम गर्न सक्छौँ, जनताको बिचमा कुनै सँघर्ष छैन, आन्दोलन छैन भने अब सम्वृद्धीको आन्दोलन हुन्छ । सम्वृद्धीको लागि अब हामी धेरै काम पुर्ण गर्न सक्छौँ भन्ने हाम्रो सोच थियो । अब त्यो सोचलाई अलिकती कुठाराघात भएको छ । अब जे नहुनुपर्ने त्यो भएको छ । अझै पनि यो कुराहरुलाई व्यवस्थापन गरेर मध्यावधीमा जान हुँदैन भन्ने लाग्छ । हामी जनप्रतिनिधीहरुले काम गर्ने मौका पाएनौँ । हामीले गर्न लाएको कामलाई सहयोग गर्ने भन्दा पनि माथीबाट हामीलाई अल्मल्याउने खालको कार्यक्रम आयो, जुन किसिमको घोषणा भयो, मध्यावधी हुने स्थिती रह्यो, यसमा हामी चिन्तित छौँ ।