शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

नागरिक पाटी

६, पौष २०७७
  • 5.8K
    SHARES
  • २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । जसमध्ये ७४२ जना संक्रमित गत २४ घण्टामा थपिएका हुन ।

    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना, संखुवासभामा ३ र सुनसरीमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


    यसैगरी प्रदेश २ को पर्सामा ३ र बारामा ६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २३५, काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५ जना संक्रमित थपिएका छन् ।

    कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४,दार्चुलामा एकजना र बझाङमा ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १७:३०:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology