धादिङ । देशभर पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार २८६् जनाको स्वास्थ्य परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार ५२१ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ६९९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार ९२८ पुगेको छ ।
अहिले देशभर ४ हजार ६८१ सक्रिय सङ्क्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।