शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा निशुल्क मानसिक स्बास्थ्य शिविर सम्पन्न

थाक्रेमा निशुल्क मानसिक स्बास्थ्य शिविर सम्पन्न

शिवराज आचार्य

२६, पौष २०७७
  • 10.2K
    SHARES
  • थाक्रेमा निशुल्क मानसिक स्बास्थ्य शिविर सम्पन्न

    थाक्रे धादिङ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएका छन ।

    images
    images

    प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरीछ । यसैबिच धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो।

    मनोरोग उपचार तथा पुर्नस्स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो ।

    thakre news 1.jpg
    शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्बास्थ्य परिक्षण गर्नु भएको थियो भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गर्नु भएको थियो । उक्त शिबिरमा एक सयभन्दा बढिले सेवा लिएका थिए ।

    मानसिक स्वास्थ्य परिक्षण पछि सबै बिरामीलाई निशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो । शिबिरमा आएका मध्ये तीन जना कडा खालको मानसिक स्बास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आबासिय उपचारको प्रवन्ध मिलाईएको छ ।

    कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र सम्पन्न हुनु पर्ने बताउनु भयो ।

    उपाध्यक्ष अम्बिका रुपाखेतीले गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिनु भयो ।

    यस्तो शिबिर अब देखि प्रत्येक तीन तीन महिनामा गरिने भएको छ । थाक्रे गाउँपालिकाले स्थानिय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्यमा निर्देशिका नै तयार पारि मानसिक स्बास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोछ ।

    दस बर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार भईरहेको छ । थाक्रे  गाउँपालिकाले आफ्नो सबै बडाहरुमा एक एक जना मनो-परामर्शदाताको समेत ब्यबस्था गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १२:४७:३८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology