शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड-१९ का कारण रोकिएको दिवा खाजा कार्यक्रम सुचारु

कोभिड-१९ का कारण रोकिएको दिवा खाजा कार्यक्रम सुचारु

शिवराज आचार्य

२६, पौष २०७७
  • 9.5K
    SHARES
  • कोभिड-१९ का कारण रोकिएको दिवा खाजा कार्यक्रम सुचारु

    तसर्पु,धादिङ । कोभिड-१९ का कारण रोकिएको दिवा खाजा कार्यक्रम पे्रमसागर फाउण्डेसन नेपाल जनभोजन कार्यक्रमले आज बाट सुचारु गरेको छ । धादिङ्गको थाक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा २०६५ साल चैत्र २८ गते बाट विद्यालय जाने वालवालिकाहरुका लागी विहानको खाना र दिवा खाजा निशुल्क वितरण गर्दै आएको संस्थाले विश्व भरि फैलिएको कोरोना भाईरसका कारण गएको चैत्र ११ गते देखी बन्द भएको थियो ।

    images
    images

    IMG_5984.JPG
    स्थानिय सरकार सरोकार वाला अभिभावक विद्यार्थी शिक्षकहरुको माग अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको माप दण्ढ पुर्ण रुपमा पालना गर्दै आज बाट सुचारु गरेको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिनु भएको छ । धादिङ्ग जिल्लाको थाक्रे गाउँ पालिका वडा नं ४ र ५ का ३ वटा माध्यमिक विद्यालय र थाहा नगरपालिकाको वडा नं ११, १२ को १ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभुत विद्यालयका १ हजार ८ सय जना वाल वालिकाहरुको लागी आज बाट दिवा खाजा कार्यक्रमको शूरुवात गरिएको छ ।

    IMG_5981.JPG
    त्यसै गरी थाक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा रहेको आदर्श माध्यमिक विद्यालयका ३१० जना वालवालिकाहरु्रको लागी विहानको खाना खुवाउदै आएकोमा आज वाट कोरोना भाईरसका कारण स्वास्थ्यलाई ध्यानमा राखी दिवाखाजा संचालन गरिएको छ ।


    आदर्श माध्यमिक विद्यालयमा थाक्रे गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भुमि वहादुर तामाङ्गले एक समारोहको वीच दिवाखाजाको शुभारम्भ गनु भएको हो । विद्यालयका पधानाध्यपक विष्णु प्रसाद गौतमको सभापतित्व वडा अध्यक्ष भुमि वहादुर तामाङ्ग, कार्यपालिका सदस्य रजनि लामा, छिमेकी विद्यालयका प्रधानाध्यपकहरु थाक्रे गाउँपालिका शिक्षा समितीका सदस्य कृष्ण अर्याल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा दिवाा खाजाको आवश्यकता व्यवस्थापन र उद्धेश्यको वारेमा जन भोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले प्रकास पार्नु भएको थियो ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १९:२०:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology