शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

घर घरमा खानेपानी आए पछि गजुरीका ढोडेनीबासी खुशी

घर घरमा खानेपानी आए पछि गजुरीका ढोडेनीबासी खुशी

नागरिक पाटी

२७, पौष २०७७
  • 8.9K
    SHARES
  • घर घरमा खानेपानी  आए पछि गजुरीका ढोडेनीबासी खुशी

    गजुरी । ढोडेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङले खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बिनम आले मगरको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता तथा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र उपाध्यक्ष सीता ढुड्गानाको बिशेष आतिथ्यतामा भएको हो

    images
    images

    ।136792122_449126236528147_4594540323926854188_n.jpg

    कार्यक्रमका उपस्थित स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि ढोडेनीबासीले खुशीयाली मनाएका छन् । सोमबार सम्पन्न कार्यक्रममा गजुरी गापा वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार,वडा नं ६ का वडाध्यक्ष अर्जुन भुजेल ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि, पीडागाउँ, राम्चे र च्याङ्ली खानेपानी योजनाका अध्यक्ष लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे ।

    अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ४२ घर(घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको १४ लाख ७ हजार १ सय ९१ रुपैया गजुरी गाउँ पालिकाको ३ लाख ६ हजार ६ सय रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख १५ हजार ६ सय ६५ रुपैया समेत गरि २२ लाख २९ हजार ४ सय १६ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

    स्थानीय उपभोक्ता देवकी मगरले पहिलो डोको बोकेर घण्टौसम्म पानीको लागि समय दिनु पर्ने थियोे भने अहिले गजुरी ५ को ढोडेनी गाउँको सबै घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्थाले ज्यादै खुशी रहेको अर्का उपभोक्ता निर्मला आलेमगरले बताउनु भयो । रामकुमारी दर्लामीले पानी भर्न लामो समय बिताउनु पर्ने ढोडेनी गाउँको घरघरमा धारामा पानी पाउँदा हामी महिलाहरुलाई सहयोग गर्ने पनि संस्था रहेछ भन्दै आफ्नो अतितका भोगाइ सुनाउनु भएको थियो ।

    घर घरमा खानेपानी पछि अब ढोडेनी गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै गजुरी को ढोडेनीको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको रुपा मगरले बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी आएकोमा अपांगता भएका व्यक्ति , बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको दुबै आँखा नदेख्ने एकल पुरुष लोक बहादुर मगरले बताउनु भयो ।

    कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेल,गजुरी गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत लगायतले गाउँपालिकाको सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार स्थानीय विकास साझेदार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा ढोडेनीगाउँमा खानेपानी योजना संचालन गरेको बताउनु भयो ।

    गजुरी वडा नं ५ को खानेपानी योजनामा गाउँपालिकाबाट पनि ३ लाख ६ हजार रकम लगानी गरिएको बताउँदै गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको गजुरी वडा नं ५ ढोडेनीगाउँबाट प्रयास नेपाल धादिङका सिताराम चौधरीले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १९:१४:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology