शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

२४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

नागरिक पाटी

२८, पौष २०७७
  • 4.1K
    SHARES
  • २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि, ३९० जना कोरोनामुक्त

    धादिङ । पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

    images
    images

    देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - २१:०७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology