शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुँवाकोटमा माघे संक्रान्तीमा १८ हल गोरु जुधाइने

धादिङको धुँवाकोटमा माघे संक्रान्तीमा १८ हल गोरु जुधाइने

नागरिक पाटी

२९, पौष २०७७
  • 7.2K
    SHARES
  • धादिङको धुँवाकोटमा माघे संक्रान्तीमा १८ हल गोरु जुधाइने

    धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. १४ धुँवाकोटमा माघे संक्रान्तीको अवसरमा मा १८ हल गोरुको गोरु जुधाइने भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा हुने गोरु जुधाइ महोत्सव तथा कृषि प्रदर्शनीमा १८ हल गोरुबिच प्रतिष्पर्धा हुने भएको हो ।

    images
    images

    महोत्सवमा सहभागी १८ हल गोरुलाई तीन समूहमा विभाजन गरेर प्रतिष्पर्धा गराउन लागिएको आयोजक संस्था संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । जसमा पहिलो समूहमा रहेका ४ हल गोरुबिचको भिडन्तमा जित्ने गोरुलाई १२ हजार र हार्ने गोरुलाई १० हजार नगद प्रदान गरिने छ ।

    त्यसैगरी दोस्रो समूहमा रहेका ७ हल गोरुका भिडन्तमा जित्ने गोरुलाई १० हजार र हार्ने गोरुलाई ८ हजार नगद प्रदान गरिने छ । यसका साथै तेस्रो समूहमा परेका ७ हल गोरुको भिडन्तमा क्रमशः जित्ने र हार्ने गोरुलाई ७ हजार र ५ हजार नगद प्रदान गरिने छ । यसका साथै सबै गोरुका गोरुधनीलाई प्रमाणपत्र समेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    गोरु जुधाइ महोत्सवका लागि धुँवाकोटका साथैसाथै खाल्टे, मार्पाक, सेमजोङ, कटुञ्जे तथा गोरखा र नुवाकोटको तारुकाबाट समेत गोरु दर्ता गरिएको आयोजकले जनाएको छ । हिजो मंगलबार धादिङवेशीमा कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा गोरु जुधाइका साथमा स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुको समेत प्रदर्शन गरिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १९:५४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology