मनहरी । मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा रु. ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि सम्झौता भएको छ ।
मनहरि गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच सम्झौता भएको गाउँपालिकाले अध्यक्ष एकराज उप्रेती बताएका छन् । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरव नारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।
गाउँपालिकाको लागि लामिटार र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताएका छन ।
हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।